Kohinoor-Filmसुमन वैरागी, मलेसिया ।
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित फिल्म ‘कोहिनूर’ आउँदो फेब्रुअरीको ८ तारिखदेखि २२ तारिखसम्म मलेसियाको क्वालालम्पुर र जोहोरबारू लगायतका स्थानमा प्रदर्शन गरिने भएको छ । एनएमसी युनिभर्सल, नेपाल ट्रेडिङ र एमएसले फिल्म प्रदर्शनको जिम्मा लिएका हुन् भने हटलिङ्कले फिल्मको प्रायोजन गरेको छ ।

फेब्रुअरी ८ मा केएलसीसीको टीजीभी सिनेमा हलमा भिआइपी शो गरेर फिल्मको मलेसिया प्रदर्शन सुरुवात गरिने एनएमसी युनिभर्सलका डाइरेक्टर नितुप ग्याल्जेन लामाले बताए । त्यसपछि १९ फेब्रुअरीदेखि २२ सम्म क्वालालम्पुरको केएलसीसी ट्विन टावरमा रहेको टीजीभी सिनेमा हल, जोहोरबारुको क्याथे सिनेप्लेक्स सिटी स्क्वायर, बातुपहात जोहोरको ल्याण्डमार्क होटल, कलाङको सेन्टरप्वाइन्टमा रहेको लोटस फाइभ स्टार, सुवाङजयास्थित जीएससी सिनेमा हलमा कोहिनूरको प्रदर्शन गरिनेछ ।

नेपाल ट्रेडिङका जयराम तिमिल्सिनाले फिल्म निर्माण अघि नै अभिनेता श्रीकृष्णलाई आफुहरुले मलेशियामा फिल्म प्रदर्शन गर्ने बचन दिएकाले उनलाई दिएको वचन र उनीप्रतिको सम्मानमा मात्र फिल्म मलेसियामा प्रदर्शन गर्न लागिएको जनाए । आकाश अधिकारी निर्देशित फिल्ममा श्रीकृष्णको साथमा श्वेता खड्काको मुख्य भूमिका छ । शंकर श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ, शम्भू श्रेष्ठ र श्वेता खड्काको संयुक्त निर्माणमा तयार भएको फिल्मले एउटा नेपाली चेलीलाई भारतमा बेचिए पछिका विभिन्न घटना परिघटनाहरुलाई पर्दामा उतारिएको छ ।

फिल्म प्रदर्शन अभियानलाई आइपी धनकुटे एसडीएन बीएचडी, दर्शन नमस्ते रेष्टुरेन्ट, द गोर्खा रेष्टुरेन्ट, पर्वत कास्की रेष्टुरेन्ट, आरके स्टोर एसडीएन बीएचडी, मालिङ्गो रेष्टुरेन्ट, ग्रीनल्याण्ड रेष्टुरेन्टलगायतले सहकार्य गरेका छन् ।

Keep in Touch with us on


GET LATEST VIDEOS @ UR INBOX | SUBSCRIBE US NOW!

POST YOUR COMMENTS

RECENT POSTS

View More >>
  • अन्ततः छुट्टिने भए कल्की अनुराग

    अन्ततः छुट्टिने भए कल्की अनुराग

    बलिउड निर्देशक अनुराग कश्यप र अभिनेत्री कल्की कोइचिन अब सदाका लागि छुट्टिने भएका छन् । कल्कीले सञ्चारमाध्यमसँग कुरा गर्दै डिभोर्सका लागि अदालतमा निवेदन दिईसकेको खुलासा गरेकी हुन् । ‘अहिले म राम्रो र खुला स्थानमा छु, गत वर्ष मेरो जीवन... More>>

    Posted on: NP | Bollywood
  • एल्बम निकाल्दै आलिया

    एल्बम निकाल्दै आलिया

    बलिउडका नायिकाहरु आफ्नो अभिनय कलासँगै गायन कलालाई पनि अगाडि लिएर जान थालेका छन् । प्रियंका चोपडा पछि अब यो सूचीमा सुन्दरी नायिका आलिया भट्ट पनि परेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हाल २२ वर्ष उमेरमा हिड्दै गरेकी आलियाले अबको... More>>

    Posted on: NP | Bollywood
  • चितवनमा छोरीको साथ रामकृष्ण ढकालको सांगीतिक साँझ हुने

    चितवनमा छोरीको साथ रामकृष्ण ढकालको सांगीतिक साँझ हुने

    आगामी चैत २७ गते चितवनको टांडीमा रामकृष्ण ढकाल सांझ हुने भएको छ। लामो समयदेखी नेपाली सांगीतिक बजारमा चर्चामा रहदै आएका रामकृष्ण ढकालले चितवनमा दोस्रो पटक आफ्नो प्रतुती दिन लागेका हुन्। सौराह चोक टांडीमा रहेको होटल गंगोत्री हाइवेमा हुने सो... More>>

    Posted on: NP | Music
  • निर्मलको ‘ब्रासलेट’ मा रमेश–रजनी रोमान्स

    निर्मलको ‘ब्रासलेट’ मा रमेश–रजनी रोमान्स

    १५ वर्षपछि केशवको हिरो बने रमेश काठमाडौं । १५ वर्ष अघि निर्माता केशव भट्टराईको लगानीमा निर्माण भएको फिल्म ‘आफ्नो मान्छे’मा नायकको रुपमा अनुबन्ध भएर पनि काम गर्न नपाएका अभिनेता रमेश उप्रेती नौ वर्ष पछि पुनः उनकै फिल्म ‘ब्रासलेट’मार्फत नायकका... More>>

    Posted on: NP | Regional
  • ‘नोभेम्बर रेन’ जोडी अब ‘क्लासिक’मा । पुजा गर्दै गीत रेकर्डिङ

    ‘नोभेम्बर रेन’ जोडी अब ‘क्लासिक’मा । पुजा गर्दै गीत रेकर्डिङ

    बिग ब्यानरको रुपमा परिचित सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा नयाँ फिल्म निर्माण थालनी गरेको छ। सांगीतिक प्रेम कथामा निर्माण हुने भनिएको फिल्म को नाम ‘क्लासिक’ राखिएको छ। सोहि ब्यनरले एस अघि फिल्म ‘नोभेम्बर रेन’ निर्माण गरिसकेको छ। फिल्म... More>>

    Posted on: NP | Regional
  • अमिताभ र सञ्जयलाई सम्मान

    अमिताभ र सञ्जयलाई सम्मान

    बलिउडका महानायक अमिताभ बच्चनलाई सोमबार पद्यम विभूषण र निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीलाई पद्यम श्री पुरस्कारबाट सम्मान गरिएको छ । राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति प्रणब मुखर्जीले दुवै जनालाई पुरस्कार दिएका हुन् । अमिताभले १९६९ मा फिल्म ‘सात... More>>

    Posted on: NP | Bollywood